सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमनमा मन्त्री घिसिङ


काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडक विस्तारको निर्माण प्रगतिबारे आइतबार अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख र निर्माण व्यवसायीसँग छलफल गर्दै चाडपर्वलाई ध्यानमा राखी खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात सहज बनाउन निर्देशन दिए । उनले जनशक्ति र उपकरण थपेर निर्माण कार्यलाई तीव्र बनाउन र चालु आर्थिक वर्षभित्र सडक विस्तार सम्पन्न गर्न आग्रह गरे ।
१५.८ किलोमिटर लम्बाइको सडकलाई ६ लेनमा विस्तार गर्ने काम भइरहेको छ । सूर्यविनायक–साँगा खण्ड (८.३ किमी) मा ३९ प्रतिशत र साँगा–धुलिखेल खण्ड (७.५ किमी) मा ५१ प्रतिशत भौतिक प्रगति भएको छ। समग्र प्रगति ४५ प्रतिशत पुगेको छ। टेवा पर्खाल र नाली निर्माणको ८० प्रतिशत कार्य सम्पन्न भइसकेको छ भने करिब १ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
तर सडक सीमा विवाद, घर–टहरा हटाउने समस्या र बजेट अभावका कारण निर्माण प्रभावित भएको बताइएको छ। सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार यस वर्षका लागि करिब ३ अर्ब रुपैयाँ आवश्यक भए पनि ५० करोड मात्र विनियोजन गरिएको छ । मन्त्री घिसिङले आवश्यक बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना