क्षतिग्रस्त विपी राजमार्गमा अस्थायी डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याउन मन्त्री घिसिङको निर्देशन


काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढी–पहिरोले क्षति पुर्याएकाे विपी राजमार्गका विभिन्न खण्डको स्थलगत निरीक्षण गरी सडक विभागलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । मन्त्री घिसिङले सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित चौकीडाँडालगायत प्रभावित क्षेत्रको अनुगमन गरेका हुन् ।
अनुगमनपछि मन्त्री घिसिङले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने यो लाइफलाइन सडकलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । सचिवालय स्रोतका अनुसार सडक विभाग र निर्माण व्यवसायीलाई सक्रियताका साथ काम गर्न आग्रह गर्दै अस्थायी डाइभर्सनमार्फत आवागमन खुलाउने तयारी गर्न भनेका छन् ।
गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्डमा क्षति पु¥याएको थियो । उक्त खण्डमा अस्थायी डाइभर्सनमार्फत सडक सञ्चालन गरिँदै आएकोमा यस वर्ष पुनः आएको बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रूपमा बगाएको छ ,।
स्थायी पुनर्निर्माणका लागि केही खण्डको ठेक्का लगाइसकिएको र बाँकी खण्डको ठेक्का सम्झौता अन्तिम चरणमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार अस्थायी सडक सञ्चालनसँगै स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिने तयारी गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन