आगामी २४ घण्टासम्म पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना


काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुने जनाइएको छ। यस अवधिमा कोशी प्रदेश, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरू र तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि देशको पहाडी भू-भागमा साधारणतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा अन्य भू-भागका थोरै स्थानमा समेत मध्यम वर्षा पर्न सक्ने महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा छ ।
मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानकै आसपासमा रहेको छ। यसका कारण देशभर वर्षा गतिविधि कायम रहने अनुमान गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना