देशका विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना


काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज आइतबार दिउँसोदेखि रातिसम्म देशका विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहितका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईका केही भूभागमा आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। सो भूभागका थोरै स्थानमा तथा अन्य क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका मौसम विज्ञका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभाव रहने भएकाले वर्षाको सम्भावना देखिएको हो।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना