मनसुन सक्रिय : कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव जारी रहँदा मौसम पूर्वानुमान महाशाखाले कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमा सरदर स्थानको उत्तरतर्फ सक्रिय रहेको छ, जसको प्रत्यक्ष प्रभाव कर्णाली, सुदूरपश्चिम र अन्य पहाडी भूभागमा देखा परेको छ ।
हाल कर्णाली र सुदूरपश्चिमसहित पहाडी क्षेत्रमा अधिकांश स्थानमा बदली रहँदा बाँकी भूभागमा सामान्य बदली देखिएको छ । मधेस प्रदेशका एक–दुई स्थान र अन्य केही ठाउँमा मध्यम वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशीका पहाडी क्षेत्रमा मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ ।
आज राति देशभर सामान्य बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना