देशभर मनसुनको प्रभाव, कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीमा वर्षा


काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनको प्रभाव जारी रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
आज दिउँसो देशका अधिकांश भागमा साधारणतया बदली रहने र राति पनि देशभर सामान्य बदली हुने अनुमान गरिएको छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशसँगै पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाले वर्षाका कारण पहिरो तथा डेब्रिज फ्लोको जोखिम बढ्ने, ठूला तथा साना नदी–नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रमा असर पर्न सक्ने प्रक्षेपण गरेको छ । त्यसैले सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न महाशाखाले सबैलाई आग्रह गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना