देशका पश्चिमी भूभागमा मनसुन बढी सक्रिय, भारी वर्षाको सम्भावना


काठमाडौं: मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वतर्फ केही दक्षिणमा रहेकाले आज देशका पूर्वी भूभागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागमा सामान्य बदली र बाँकी भागमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा, साथै मधेस प्रदेशका केही भागमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान छ ।
राति पनि पहाडी भागमा सामान्य बदली रहने र गण्डकी, वाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहँदा ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्ने, यातायात अवरुद्ध हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना