देशभर मनसुन कमजोर, तर वर्षाको सम्भावना कायम


काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले देशमा मनसुन गतिविधि केही कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले वर्षाको सम्भावना भने यथावत् रहेको महाशाखाले स्पष्ट पारेको छ ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुने अनुमान गरिएको छ। यस अवधिमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै तराईका एक–दुई ठाउँमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।
यस्तै, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र कोशी तथा गण्डकीका पहाडी भागका एक–दुई ठाउँमा भारी वर्षा समेत हुने सम्भावना छ।
महाशाखाले वर्षाका कारण देशका पहाडी भूभागमा पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, ठूला तथा साना नदी–नालामा पानीको सतह उच्च हुन सक्ने तथा यातायात क्षेत्र प्रभावित हुने चेतावनी दिएको छ। यससंगै सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न सबैलाई आग्रह गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना