तीन दिनमै मुस्ताङ भन्सारबाट नौ करोड बढी राजस्व सङ्कलन


मुस्ताङ ः मुस्ताङ भन्सार कार्यालय न्हेचुङले तीन दिनको अवधिमा नौ करोड ७० लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात भएका मालवस्तुबाट सो राजस्व उठेको हो ।
कोरला नाका ११ दिनअघि पूर्ण रूपमा सञ्चालनमा आएको भए पनि आन्तरिक तयारीका कारण भन्सार कार्य सोमबारदेखि मात्र सुरु गरिएको थियो । मुस्ताङ भन्सार प्रमुख रमेश खड्काका अनुसार हालसम्म चीनतर्फको भन्सार जाँचपासपछि कोरला नाकाबाट १६१ विद्युतीय कारसहित ८५ मझौला मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् । तीमध्ये ४५ कन्टेनरको भन्सार जाँचपास भइसकेको र बाँकी ४० कन्टेनर प्रक्रिया भइसकेको जानकारी दिए ।
जाँचपास भइसकेका ४५ कन्टेनरबाट नै नौ करोड बढी राजस्व सङ्कलन भएको हो । चीनतर्फ निकासीका लागि दुई गाडीको भन्सार जाँचपास भइसकेको छ, जसमा हस्तकलाका सामग्री रहेका छन् ।
हाल चीनबाट आयात भएका १६० विद्युतीय गाडी भने मुस्ताङ भन्सारमै रोकिएका छन्। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार सीमित कर्मचारीका कारण जाँचपासमा ढिलाइ भएको हो । बैंक तथा वित्तीय संस्थाले चीनबाट आयात हुने मालवस्तुको मुस्ताङ भन्सारमै प्रतितपत्र (एलसी) खोल्नुपर्ने व्यवस्था भएकाले समेत प्रक्रिया ढिलो भएको बताइएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना