कांग्रेस–एमालेको सरकारले मुलुकलाई अग्रगतितर्फ होइन अधोगतितर्फ लाँदैछ : नेता झलनाथ


विराटनगर: नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई अधोगतितर्फ लगिरहेको बताएका छन् ।
विराटनगरमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस–एमाले दुई ठूला दल मिलेर बनेको सरकारले देश अधोगतितर्फ गइरहेको बताएका हुन् ।
‘मुलुक बडो गहिरो संकटतर्फ धसिदै गइरहेको छ, दुई पार्टीको अधिनायकवादले मुलुकलाई अग्रगतितर्फ होइन अधोगतितर्फ लाँदैछ,’ उनले भने, ‘ लोकतान्त्रिक मूल्य मान्यतामाथि चुनौती दिने खालको स्थिति देखा पर्दैछ ।’
राजनीति संकटग्रस्त बनिरहेको बताउँदै उनले समग्र अवस्था कमजार हुँदै गएको बताए ।
दुई दलको सरकार बनेपछि भ्रष्टाचारीले उन्मुक्ति पाइरहेको उनले बताए ।
वर्तमान संविधान पूर्णरुपमा कार्यान्वयन भइनसकेको बताउँदै उनले अहिलेको अवस्थामा संविधान संशोधन आवश्यक नरहेको पनि बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन