सडक बत्ती प्रयोग बापतको ६ अर्ब बक्यौता तिर्न स्थानीय तहलाई प्राधिकरणको ताकेता


काठमाडौं – नेपाल विद्युत प्राधिकरणले स्थानीय तहलाई बक्यौता विद्युत महसुल भुक्तानीका लागि आग्रह गरेको छ । सडक बत्ती प्रयोग गरेबापतको बक्यौता विद्युत महसुल भुक्तानीका लागि देशभरका विभिन्न स्थानीय तहलाई अनुरोध गरेको हो ।
प्राधिकरणका अनुसार हाल सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ । उक्त महसुल किस्ताबन्दी मार्फत पनि बुझाउन सकिने सुविधा रहेको प्राधिकरणले जनाएको छ । हालसम्म प्रयोग गरिएको सडक बत्तीको बक्यौता महसुल समर्थन गरि आवश्यक भएमा किस्ताबन्दी सुविधा माग गरि भुक्तानी गर्न सकिने प्राधिकरणले जनाएको छ ।
उक्त बक्यौता महसुल नतिर्ने बिना मिटर जडान गरिएका सडक बत्ती प्राधिकरणबाट हटाईने जनाएको छ । त्यसका लागि सम्वन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वधक ग्राहक बनेर मिटर मार्फत सडक बत्ती जडान गर्न प्राधिकरणका अनुरोध छ ।
प्राधिकरणबाट स्वीकृती नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित) को दफा २ को खन्ड (ङ १) बमोजिम गैरकानुनी मानिन्छ । अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेमा सोही ऐनको दफा २३ बमोजिम विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको प्राधिकरणले चेतावनी दिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना