एनएमबी बैंकको नयाँ ईभी ऋण योजना, ७.१३ प्रतिशत ब्याजदरमा उपलब्ध


काठमाडौँ : एनएमबी बैंकले आगामी उत्सवलाई लक्षित गरी नयाँ अटो लोन (ईभी लोन) योजना सार्वजनिक गरेको छ । बैंकले ७.१३ प्रतिशत वार्षिक ब्याजदरमा विद्युतिय सवारी साधन खरिदका लागि विशेष ऋण सुविधा उपलब्ध गराउने जनाएको छ ।
यस विशेष योजना नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) अटो शो र आउँदो चाडपर्वलाई मध्यनजर गरी ल्याइएको हो । बैंकले सहज प्रक्रिया मार्फत ऋण उपलब्ध गराउने बताएको छ । सीमित अवधिसम्म मात्र लागू हुने यो ऋण सुविधाले विद्युतिय सवारी साधन तथा त्यसको पारिस्थितिक प्रणालीलाई प्रवर्द्धन गर्ने बैंकको उद्देश्य रहेको छ ।
बैंकले नेपाललाई हरित र समृद्ध भविष्यतर्फ अघि बढाउने दृष्टिकोण अनुरूप ग्राहकमैत्री वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । सोही क्रममा भृकुटीमण्डपमा आयोजना भइरहेको नाडा अटो शोको स्टल नम्बर ई–२४ मा वा नजिकैको एनएमबी बैंक शाखामा पुगेर थप जानकारी लिन सकिने बैंकले जनाएको छ ।
ग्राहकलाई आवश्यक परामर्श र सहयोग उपलब्ध गराउन बैंकका विज्ञ अफिसरहरु पनि अटो शोमा उपस्थित रहनेछन् । हाल एनएमबी बैंकले २०२ शाखा, १८७ एटीएम र ९ विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना