सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो


काठमाडौं: आज बिहीबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला रु १ लाख ९४ हजार ८ सय पुगेको छ । अघिल्लो दिन सुनको मूल्य रु १ लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।
यसरी एकैदिनमा तोलामा रु १,३०० ले वृद्धि भएको हो। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नु र अमेरिकी डलरको भाउमा उतारचढाव आउनुले सुनको मूल्य प्रभावित भएको व्यवसायीहरूको भनाइ छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला रु २,२५५ मा कारोबार भएको चाँदी आज बढेर रु २,२९० पुगेको महासंघले जनाएको छ। यो प्रतितोलामा रु ३५ ले वृद्धि भएको हो ।
नेपालमा सुन–चाँदीको मूल्य सिंगापुरस्थित अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार मानेर तोक्ने गरिन्छ । त्यसमा विनिमय दरको उतारचढाव र आयात लागतले पनि मूल्य निर्धारणमा प्रभाव पार्ने गर्दछ।
सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरूले मूल्य वृद्धिले खुद्रा बजारमा आभूषण खरिद बिक्रीमा प्रभाव पारेको उल्लेख गरेका छन् । मूल्य बढेसँगै दैनिक कारोबारमा कमी आउने गरेको भए पनि लगानीकर्ताले भने सुनलाई अझै सुरक्षित विकल्पका रूपमा हेरिरहेका छन्।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना