देशभर आंशिक बदली, कोशी र बागमतीका पहाडमा भारी वर्षाको सम्भावना


काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित भएकाले देशभर मौसम आंशिकदेखि साधारण बदली हुने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने संभावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी कोशी, मधेश र बागमती प्रदेशको पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी प्रदेशका पहाड र तराईका एक–दुई स्थानमा समेत भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना