आज देशभर आंशिकदेखि साधारणतया बदली, विभिन्न स्थानहरूमा वर्षाको सम्भावना


काठमाडौँ : मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात पनि हुन सक्ने मौसमविद्हरूले जनाएका छन्।
रातिको समय पनि देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
साथै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना कायमै रहेको छ।
मौसमविद्हरूले भारी वर्षा हुने स्थानहरूमा बाढी, पहिरो र डुवानको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना