एमसीसी पास गर्नु ‘ब्लन्डर मिस्टेक’: झलनाथ खनाल


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसी सम्झौता अनुमोदन गर्नु गम्भीर त्रुटि (ब्लन्डर) भएको बताएका छन् । आइतबार काठमाडौँमा ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमसीसी अनुमोदन नेपालको कम्युनिस्ट आन्दोलनकै ब्लन्डर भएको टिप्पणी गरेका हुन् ।
‘हाम्रो देशको राष्ट्रियतामाथि खतराहरू बढिरहेका छन् । साम्राज्यवादी र प्रभुत्ववादी शक्तिहरू अनेकन् प्रकारले घुसपैठ गरिरहेका छन् । त्यो घुसपैठका विरुद्ध नेपाली जनतालाई देशभक्तिपूर्ण भावनाबाट हर बेलामा उठाउनुपर्छ’, खनालले भने, हामी यसरी हिँड्ने क्रममा यो एमसीसी सम्झौतालाई अनुमोदन गर्ने जुन काम गर्यौँ त्यो हाम्रोतर्फबाट भएको बलण्डर हो ।’
उनले एमसीसी अनुमोदन नेपालको कम्युनिस्ट आन्दोलनकै बलण्डर भएको र एमसीसी अनुमोदन गर्ने नेताहरूले त्यसको फल प्राप्त गर्नुपर्ने पनि बताए । ‘जुन जुन नेताहरूले त्यो कामहरू गरे उनीहरुले फल प्राप्त गर्नुपर्ने स्थिति हुन्छ’, खनालको भनाइ छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा २०७८ फागुन १५ गते एमसीसी संसद्बाट अनुमोदन भएको थियो । त्यसमा नेपालका प्रमुख कम्युनिस्ट पार्टीहरूले साथ दिएका थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता