भारतलाई थप ८० मेगावाट विद्युत निर्यातको अनुमति, कुल निर्यात क्षमता ११३०.९ मेगावाट


काठमाडौं : भारत सरकारले थप ८० मेगावाट विद्युत् खरिद गर्ने अनुमति दिएपछि नेपालबाट निर्यात हुने कुल विद्युत् परिमाण ११३०.९ मेगावाट पुगेको छ ।
हालसम्म भारतले १०९०.९ मेगावाट विद्युत् आयात गर्ने स्वीकृति दिएको छ भने भारतमार्फत ४० मेगावाट बंगलादेशलाई निर्यात भइरहेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार हालै स्वीकृति पाएका ८० मेगावाटमध्ये ४८.५ मेगावाट मेवा खोला र ३१.०४ मेगावाट करुवा सेती जलविद्युत् आयोजनाबाट उत्पादन हुनेछन् ।
यो अनुमति मध्यम अवधिका लागि दिइएको प्राधिकरणले जनाएको छ । समझौताअनुसार २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म नेपालले भारतलाई विद्युत आपूर्ति गर्न पाउनेछ ।
गत साउन २६ मा मात्र भारतले नेपाललाई २०० मेगावाट थप विद्युत निर्यात गर्ने अनुमति दिएको थियो । पछिल्लो स्वीकृतिसँगै नेपाल विद्युत् निर्यात क्षमतामा निरन्तर वृद्धि हुँदै गएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना