वायुको वेग हिजोको तुलनामा आज धेरै, घट्यो प्रदूषण


काठमाडौं ः काठमाडौं उपत्यकामा हिजो, अस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग हिजोको तुलनामा आज धेरै भएकाले प्रदूषण केही घटेको हो ।
हावाको गुणस्तर मापन गर्ने आईक्यू एअरका अनुसार आज पनि काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । तर काठमाडौंको वायुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) भने हिजोको भन्दा घटेको छ ।
हिजो ३५२ रहेको एक्यूआई आज २३२ मा झरेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई सबैका लागि खतरनाक अवस्था मानिन्छ । हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप बढेको छ ।
वातावरण विभागले सूचना निकालेर घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।
यस्तै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान अनुरोध गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना