आगामी २४ घण्टामा देशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना


काठमाडौं : आगामी २४ घण्टामा देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागमा, साथै अन्य प्रदेशका पहाडी भू-भागका केही स्थान र बाँकी तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
आज राति कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । राति पनि कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भाग, अन्य प्रदेशका पहाडी भू-भागका केही स्थान र बाँकी तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाले गरेको मौसमी विश्लेषण अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेका कारण हाल नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना