आगामी २४ घण्टासम्म देशभर बदलीसहित वर्षाको सम्भावना


काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशका अधिकांश भू-भागमा बदली र वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी तराई क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ।
आज राति पनि देशको पहाडी भू-भागमा साधारणतया बदली र तराईमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। रातिको समयमा पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना समेत विभागले जनाएको छ।
विभागले अत्यधिक वर्षाका सम्भावित स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना