ग्रिड कम्पनी र एनएचपीसीबीच पश्चिम सेतीबाट उत्पादित विद्युत् प्रसारण सम्झौता


काठमाडौँ -राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रसारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ ।
सरकारले प्रसारण लाइन निर्माणका लागि खडा गरेको ग्रीड कम्पनीले बनाउने प्रसारण लाइनबाट बिजुली लैजान सम्झौता-पत्रमा सोमवार काठमाडौंमा एक कार्यक्रमबीच हस्ताक्षर भएको हो ।
एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेतीको बिजुली सरकारी ग्रीड कम्पनीले बनाएको प्रसारणलाइन प्रयोग गरेर लैजाने गरी सम्झौता भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारीको उपस्थितमा ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायाले सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग सम्झौता भएको छ ।
पश्चिम सेती ७५० मेगावाट क्षमता भएको आयोजना हो । सोही आयोजना नजिकैबाट ग्रीड कम्पनीले प्रसारणलाइन बनाइरहेको छ । ग्रीड कम्पनीकै प्रसारणलाइमा ह्वीलिङ चार्ज तिरेर बिजुली लैजाने सम्झौता भएको हो ।
पश्चिमी सेती करिडोरमा १८ सय मेगावाट परियोजना निर्माणको चरणमा रहेको छ । एनएचपीसीले दोधारा–बरेली ४०० केभी प्रसारणलाइनमार्फत भारत बिजुली लैजानेछ ।
२०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी र पश्चिम सेती जलविद्युत आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिनेगरी सम्झौता भएको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता