झापा पुगेर प्रचण्डको ओली लक्षित टिप्पणी : हिजो क्रान्तिको प्रतीक झापा अहिले प्रतिक्रान्तिको बन्ने खतरा देखिँदैछ


काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो क्रान्तिको प्रतीक रहेको झापा अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतरा देखिएको टिप्पणी गरेका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानको शुभारम्भ गर्न झापा पुगेका प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘झापा हिजो एउटा विद्रोहको प्रतिकका रूपमा चिनिन्थ्यो । त्यति बेला क्रान्तिकारी धारकै नेतृत्व तपाईँहरूले गर्नुभएको थियो । तर, अहिले नेतृत्व पुँजीवादी धारतिर गइसकेको छ । क्रान्तिको धार छोडिसकेको छ ।
उनले आज प्रतिक्रान्तिको खतराबाट जोगाउन अपिल गरे । उनले थपे, ‘फेरि नयाँ समाजवादी क्रान्तिका निम्ति नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ । फेरी नयाँ एकता गर्नुपर्ने आवश्यकता छ ।’
प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र वेदनिधि निरौलालाई सम्मान पनि गरे।
यस्तै, प्रचण्ड लगायत नेताहरूले नेपालकै होचो भूभाग केचनकवलमा नेपाली झन्डा फहराए । पर्यटकीय स्थानका रूपमा उच्च सम्भावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवद्र्धनका लागि अपिल गरे।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन