एचआइडीसीएलको सीइओमा प्रजेशविक्रम थापा


काडमाडौं : हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृतमा प्रजेशविक्रम थापा नियुक्त भएका छन् ।
चिलिमे इन्जिनियरिङ कम्पनी लिमिटेड (चेस्को) का प्रमुख कार्यकारी अधिकृत रहेका थापालाई एचआईडीसीएल सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
एचआईडीसीएलका सीइओ अर्जुनकुमार गौतमको पदावधि सकिएपछि कम्पनीले गत चैत १५ गते एचआइडीसीएलले प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन प्रकाशन गरेको थियो । उक्त विज्ञापनअनुसार छनौट समितिले थापालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
एचआइडीसीएलले हिजो प्रकाशन गरेको सूचनाअनुसार वैकल्पिक उम्मेदवारका रुपमा अरुण रजौरिया परेका छन् । रजौरिया एचआइडीसीएलको स्थापनाकालदेखि डेपुटी सीइओको रुपमा कार्यरत छन् ।
नवनियुक्त सीइओ थापा मेकानिकल इन्जिनियर हुन् । उनले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी साञ्जेन जलविद्युत्मा काम गरेका थिए । नेपालको जलविद्युत्मा उनको २५ वर्षभन्दा बढीको योगदान छ ।

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता