देशभर वर्षा, कोशी–कर्णालीका पहाडी भागमा भारी वर्षाको सम्भावना


काठमाडौं: जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज देशभर वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल पूर्वतर्फ सरदर स्थानमा र पश्चिमतर्फ सरदरभन्दा दक्षिणतिर अवस्थित छ भने सिक्किम आसपासमा बनेको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको छ ।
यसको प्रभावस्वरूप आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । पहाडी भागका केही स्थान र अन्य भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
यस्तै, आज राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने तथा कोशी प्रदेशका तराई भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना छ ।
महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना