गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

-lg-1750653475-lg-1755833466.jpg)
काठमाडौँ: हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आज देशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह बढेकाले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने देखिन्छ। अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ। साथै कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले निरन्तरको वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) र नदी–नालामा पानीको सतह बढ्ने जोखिम रहेकाले यातायात क्षेत्र प्रभावित हुन सक्ने चेतावनी दिएको छ। साथै सर्वसाधारणलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना