देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान


काठमाडौँ: बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका विभिन्न स्थानमा मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।
आज दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहने र सबै प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । विशेषगरी कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी तथा सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा पर्ने अनुमान गरिएको छ ।
भारी वर्षाका कारण पहिरो, गेग्रान बहाव तथा नदी–नालामा पानीको सतह बढ्ने जोखिम रहेकाले सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न महाशाखाले आग्रह गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना