देशभर आज वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


काठमाडौँ : हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदरभन्दा दक्षिणतिर र पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेशलगायत अन्य पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
यस्तै, आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ । त्यस्तै, सोही भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
विभागले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुनसक्ने उल्लेख गर्दै सर्वसाधारणलाई सतर्क रहन तथा पूर्वतयारी गर्न आग्रह गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना