२४ घण्टाको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना


काठमाडौं : आगामी २४ घण्टामा देशका विभिन्न प्रदेशमा आंशिकदेखि साधारण बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा साधारणतया बदली रहने छ भने बाँकी तराई भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। यस अवधिमा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ। सो अवधिमा यी प्रदेशका केही स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान छ।
मौसमी विश्लेषण
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको मौसमविद्हरूले जनाएका छन्।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना