राष्ट्र बैंकबाट ५० रूपैयाँ दरका ४२ करोड नोट छपाइका लागि बोलपत्र आह्वान


काठमाडौं: नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२० मिलियन (४२ करोड) नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । केन्द्रीय बैंकले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त नोट सुरक्षित तरिकाले छाप्नका लागि योग्य कम्पनीहरूबाट प्रस्ताव माग गरेको हो ।
मुद्रा व्यवस्थापन विभागमार्फत आह्वान गरिएको यो बोलपत्र सिंगल स्टेज टु इन्भेलोप प्रणालीअन्तर्गत हुनेछ। इच्छुक कम्पनीहरूले प्रविधिक र मूल्य प्रस्ताव छुट्टाछुट्टै रूपमा पेश गर्नुपर्नेछ। विभागले आवश्यक बजेट विनियोजन भइसकेको जनाएको छ ।
बोलपत्र दस्ताबेजको मूल्य नेपाली रुपैयाँमा २० हजार तोकिएको छ भने विदेशी मुद्रामा युएस डलर १४६, युरो १२६ र पाउण्ड १०९ तोकिएको छ । इच्छुक कम्पनीहरूले यो रकम राष्ट्र बैंकको थापाथलीस्थित खातामा जम्मा गर्नुपर्नेछ ।
बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गते निर्धारण गरिएको छ। साथै, बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य हुनुपर्ने र न्यूनतम ४ करोड रुपैयाँको बैंक जमानतपत्र संलग्न गर्नुपर्ने शर्त राखिएको छ ।
राष्ट्र बैंकले कुनै पनि वा सबै बोलपत्र रद्द गर्ने अधिकार सुरक्षित राखेको सूचनामा उल्लेख छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना