फेदीखोला हाइड्रोमा राष्ट्रिय बाणिज्य बैंकको ऋण लगानी सम्झौता

काठमाडौं : फेदीखोला हाईड्रो पावर कम्पनी प्रा.लि. र राष्ट्रिय बाणिज्य बैंकबीच फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा ऋण लगानीगर्ने सम्झौता बिहीबार भएको छ ।
सम्झौतामा राष्ट्रिय बाणिज्य बैंक लि. का तर्फबाट पूर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वाडा नं. ६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा ५० करोड रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ ।
कुल लागत ९४ करोड रहेको उक्त आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यही साउनको अन्त्यसम्ममा कम्पनीलाई निजीबाट सार्वजनिकमा परिवर्तन गरी स्वपँजीको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपओ निश्कासन यही आर्थिक वर्षभित्र गरिने लक्ष्य छ ।
आगामी २०८२ असोजभित्र सम्पन्न हुने योजना रहेको उक्त आयोनाक लागि आवस्यक सम्पूर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहुँच मार्ग निमार्ण, गोदाम घर, आवस गृह आदिको निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ ।
हाल सिभिल निमार्ण ठेक्का सम्झौता सम्पन्न भई करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख