रसुवामा बाढी-पहिरोको जोखिम : प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह


रसुवा : मनसुन प्रणाली सक्रिय रहँदा रसुवा जिल्लाभित्र बहने नदीहरूमा बाढी र पहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, रसुवाले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
गृह मन्त्रालयको निर्देशनअनुसार जारी गरिएको सूचनामा भनिएको छ कि चीनको तिब्बत क्षेत्रबाट उद्गम भएर रसुवा जिल्लामा बग्ने नदी तथा खोलाहरूमा वर्षाका कारण बहाव बढ्न सक्ने भएकाले नदी किनाराका बस्तीहरू, निर्माणाधीन तथा सञ्चालित आयोजना र अन्य संरचनामा विपद्को जोखिम देखिएको छ।
विशेष गरी भोटेकोशी नदी, त्रिशुली नदी, लाङटाङ खोला, चिलिमे खोला र अन्य साना नदी–खोलाहरूमा बाढी र पहिरोको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दा, आयोजना तथा कार्यालयहरूलाई आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिएको छ।
त्यस्तै सम्भावित बाढी–पहिरोका कारण सडकहरूमा समेत क्षति पुग्न सक्ने भएकाले सवारीसाधन सञ्चालन गर्दा र यात्राका क्रममा विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।
प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेकाहरूलाई सुरक्षित स्थानमा बस्न, अत्यावश्यक सामग्री तयार राख्न र आवश्यक परेमा सम्बन्धित निकायसँग सम्पर्क राख्न समेत सुझाव दिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना