राप्रपा नेपालले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक


काठमाडौं: राप्रपा नेपालले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी अध्यक्ष कमल थापाले आगामी १९ फागुन सोमबारका लागि राप्रपा नेपालले पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएका हुन् ।
पार्टीका महामन्त्री राजाराम बर्तौलाले बैठकका अनुसार बैठकमा मुलुकको पछिल्लो समय विकसित घटनाक्रम, आन्दोलन, पार्टीका विभिन्न कार्यक्रमको तयारी, महाधिवेशन र संगठन सुदृढीकरणका बारेमा छलफल हुनेछ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देश र सहयोग गर्न गरिएको आह्वानलाई अत्यन्तै महत्वका साथ बैठकमा छलफल हुने पनि उनले बताए ।
पूर्वराजाको सन्देशपश्चात् पार्टी अध्यक्ष थापाले राजाको आह्वानलाई साथ दिँदै सबै राजावादी, हिन्दूवादी र संघीयता विरोधी एक भएर आन्दोलनमा जान ढिलाइ गर्न नहुने अभिव्यक्ति दिइरहेको सन्दर्भमा यस विषयमा बैठकमा गहन छलफल हुने महामन्त्री बर्तौलाले बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन