बल्खुमा राप्रपाको आमसभा, अध्यक्ष लिङदेनसहितका नेताहरूले सम्बोधन गर्ने


काठमाडौं ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बल्खुमा आमसभा गर्ने भएको छ । भृकुटीमण्डपमा जिल्ला प्रशासन काठमाडौंले आमसभा गर्नमा रोक लागएपछि राप्रपाले बल्खुमा गर्ने भएको हो ।
आयोजित आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
बिहान साढे ११ बजेबाट हुने आमसभामा सहभागिताका लागि राप्रपाले सबैलाई आह्वान गरेको प्रवक्ता श्रेष्ठले बताए ।
राजसंस्था पुनस्र्थापना र हिन्दूराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको छ । यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले आफ्नै नेतृत्वमा अभियान अगाडि बढाउने निर्णय गरेको हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन