विद्युत् प्राधिकरण घाटामा रहेको श्वेतपत्रबाट जनतालाई भ्रममा पारेको सत्ता पक्षकै सांसदको आरोप, ऊर्जामन्त्रीले जानकारी दिनुपर्ने माग


काठमाडौं: सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले नेपाल विद्युत् प्राधिकरण घाटामा रहेको श्वेतपत्रबाट आफू भ्रममा परेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भाग लिँदै उनले यसबारेमा ऊर्जामन्त्रीले सदनलाई जानकारी दिनुपर्ने नभए संसदले छानबिन गर्नुपर्ने बताए ।
उनले नेपाल विद्युत् प्राधिकरणले ५ अर्ब घाटामा भएको श्वेतपत्र जारी गरेर जनतालाई भ्रममा पारेको आरोप लगाए ।
उनले भने, ‘सर्वसाधारण जनताको कुरा छाडिदिऊँ म अलिकति क ख ग घ पढेकै एमपीमध्ये पर्छु म पनि भ्रममा छु । आम रूपमा नेपाली जनता भ्रममा छन्, यो के हो ? एक महिनाअगाडि नाफै नाफामा हुने अभिव्यक्ति सार्वजनिक रूपमा आउने १ महिनापछि ५ अर्ब घाटाको कुरा आएको छ। यो कुराको वास्तविकता मन्त्रीजीले सदनमा बताउनुप¥यो अथवा यही संसदले वास्तविकता छानबिन गर्नुपर्ने आवश्यकता देखेको छु ।’
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन