शोभाकान्त पौडेल सचिवमा बढुवा


काठमाडौं : सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरिएको छ । बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोकसेवा आयोगको बढुवा समितिको पौडेललाई सचिव पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।
सहसचिव पौडेल अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा कार्यरत हुनु ।
पर्यटन मन्त्रालयका सचिव विनोदप्रसाद सिंहको अघिल्लो साताबाट अवकाशपछि सचिव पद रिक्त भएको थियो । उक्त पदका लागी मन्त्रिपरिषद् बैठकले सहसचिव पौडेललाई बढुवा गरेको स्रोतले बतायो ।
पौडेलले भन्सार विभागको महानिर्देशक, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, धितोपत्र बोर्डको अध्यक्षलगायतको जिम्मेवारी सम्हालिसकेका छन् ।
यसअघि पनि उनको नाम सिफारिस भएकोमा बढुवामा पछि परेका थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन