सेवन्तक पोखरेलले लिए बीमा प्राधिकरणको अध्यक्ष पदको शपथ


काठमाडौं: अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको शपथ लिएका छन् । उहाँले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष शपथ दिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय गरेको थियो।
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध उजुरी परेपछि मन्त्रिपरिषद्ले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ अनुसार छानबिन समिति गठन गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा गठित तीन सदस्यीय समितिमा जीवनप्रकाश सिटौला र कपिलदेव ओली सदस्य छन् ।
छानबिन समिति गठनसँगै ओझा स्वतः निलम्बनमा परेका छन् । समितिका सदस्यहरूले मंगलबार नियुक्तिपत्र प्राप्त गरेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्