भोटेकोसीमा आएको भीषण बाढीले त्रिशूली नदीमा जलसतह बढ्यो, तटीय बस्ती जोखिममा


नुवाकोट: आज बिहान करिब ३ः०० बजेदेखि भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको जलसतह एक्कासि बढेको छ । बाढीको प्रभाव रसुवा र नुवाकोटका तटीय क्षेत्रहरूमा देखिन थालेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाका पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाट लगायतका क्षेत्रहरूमा कटान गर्दै अगाडि बढेको छ । बाढी बस्तीभित्र पस्न सक्ने सम्भावना उच्च भएकाले प्रशासनले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ‘माइकिङ’ गर्दै नदी किनाराका घरपरिवारलाई सतर्क गराइरहेका छन् ।
यसैबीच, बाढीले किस्पाङ गाउँपालिका–५ मा अवस्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति पु¥याएको छ । बाढीका कारण विद्युत् आपूर्तिमा समेत असर पर्न सक्ने सम्भावना रहेको छ ।
स्थानीय प्रशासनले नदीको बहाव अझै बढ्न सक्ने संकेत गर्दै जोखिम क्षेत्रका नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन र तत्काल सुरक्षित स्थानतर्फ सर्न आह्वान गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना