विद्युत् उत्पादन गरेपछि मात्रै सर्वसाधरणलाई शेयर जारी गर्न पाइने


काठमाडौं : आगामी दुई वर्षभित्र लागू हुने गरी जलविद्युत् कम्पनीहरुलाई उत्पादन सुरु गरेपछि मात्र प्राथमिक शेयर निष्काशसन गर्न सक्ने व्यवस्था सरकारले गर्न लागेको छ ।
‘उच्चस्तरीय आर्थिक सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२’ ले यस्तो व्यवस्था गर्न लागेको हो ।
पूर्व अर्थ सचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१’ को प्रतिवेदनले दिएका सुझाव कार्यान्वयनका लागि कार्ययोजना तयार गर्न मन्त्रिपरिषद्ले गत वैशाख २ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (शासकीय मामिला) को संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव (राजस्व) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) सदस्य रहने समिति गठन गरेको थियो ।
उक्त समितिले खनाल प्रतिवेदनउपर विश्लेषण र छलफल गरी कार्यान्वयनयोग्य सुझावहरुलाई क्रियाकलापमा रुपान्तरण गर्दै क्षेत्रगत तथा मन्त्रालयगत जिम्मेवारी र समय सीमासहितको कार्ययोजना तयार गरेको थियो । उक्त कार्ययोजनालाई यही जेठ ५ गतेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
हाल धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ अनुसार जलविद्युत् कम्पनीले विद्युत् उत्पादन नगरे पनि नियमावलीले तोकेको विभिन्न शर्त पूरा गरेपछि प्राथमिक शेयर निष्काशन गर्न पाइने बन्दोबस्ती गरेको छ । नियमावलीले तोकेको शर्त पूरा गर्न सामान्यतया ६० प्रतिशत निर्माण कार्य भएको हुनुपर्छ ।
अब हुन लागेको संशोधन (कार्ययोजना) अनुसार आगामी दुई वर्षभित्र ‘जलविद्युत् उत्पादन सुरु भएपछि मात्र कम्पनीले प्राथमिक शेयर निष्काशन गर्ने व्यवस्था भएको हुने’ उल्लेख छ । यसको अनुगमन÷सहजीकरण गर्ने निकाय अर्थ मन्त्रालयलाई तोकिएको छ भने जिम्मेवार निकायको रुपमा सम्बन्धित (ऊर्जा) मन्त्रालयलाई तोकिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता