शेयर बेचेर बूढीगण्डकी निर्माण गर्न सकिन्छ : सांसद बजगाइँ


काठमाडौं: नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइँले प्रत्येक नेपालीलाई शेयर बेचेर बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न सकिने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बजगाइँले यस्तो बताएका हुन् ।
‘अर्थमन्त्रीज्यूले स्रोत व्यवस्थापनको विकल्प खोजी भइरहेको बताउनुभयो, जनतालाई शेयर वितरण पनि उत्तम विकल्प हुन सक्छ’ उनको भनाई थियो ।
’३ करोड १५ लाख नेपालीलाई प्रतिव्यक्ति ९ हजार ८४१ रूपैयाँ शेयर वितरण गर्न सकिने परिस्थित भएपछि नेपालीहरूले राष्ट्रिय गौरवको परियोजना बनाउन सक्थ्यौं,’ उनले भने ।
यो योजना सरकारलाई सुनाइदिन पनि सांसद बजगाइँले सभामुखसँग अनुरोध गरे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता