महाधिवेशन ०८४ को चुनावपछि गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, तर त्यो गर्नै मिल्दैन : महामन्त्री थापा


काठमाडौं,: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन समयमै गर्नेबारे छलफल भइरहेको बताए ।
पार्टीको काठमाडौं महानगरपालिका वडा नम्बर ७ को शनिबार आयोजित सम्मेलनमा बोल्दै महामन्त्री थापाले भने, ’०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ, तर त्यो गर्नै मिल्दैन । महाधिवेशन सार्न संविधानले पनि दिँदैन, एक महाधिवेशनबाट अर्को महाधिवेशन बीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान मिल्दैन ।
पूर्वमहामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य नारायण खड्काले महाधिवेशन ०८४ को आमचुनावपछि गरे पनि हुने धारणा राखेका थिए । उक्त धारणालाई उल्लेख गर्दै महामन्त्री थापाले महाधिवेशनबाट आएको नेतृत्वको अगुवाइमा पार्टी ०८४ को चुनावमा जाने बताएका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो। २०८२ मंसिरभित्र नियमित महाधिवेशन हुनुपर्छ । विधानमा विशेष परिस्थितिमा सभापतिलाई एक वर्ष कार्यकाल थप गर्ने सुविधा पनि छ ।
कांग्रेसले चैतभित्र क्रियाशील सदस्यता नविकरण गरिसक्ने र त्यसपछि नयाँ क्रियाशील बाँड्ने तयारी गरेको छ। वडादेखि केन्द्रीय महाधिवेशनसम्म आइपुग्न करिब एक वर्ष लाग्ने भएकाले कांग्रेसले नियमित महाधिवेशन गर्न नसक्ने देखिन्छ। तर महामन्त्री थापाले जतिसक्दो छिटो महाधिवेशन गर्नेगरी पार्टीमा छलफल भइरहेको बताएका छन्।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन