सेयर बजारमा झिनो अंकको सुधार


काठमाडौँ : यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परसूिचकमा आज भने झिनो अंकको मात्रै वृद्धि भएको छ । आज नेप्से परसूिचक दुई दशमलव ४१ अंकले बढेर दुई हजार ७३० को विन्दुमा कायम भएको हो ।
आज ३१७ कम्पनीको दुई करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर एक लाख ११ हजार ९१८ पटक खरिद-बिक्रीि हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ क्षेत्र शून्य दशमलव ५४, जीवन बीमा शून्य दशमलव ६७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २७, लघुवित्त शून्य दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव ७८, नीर्जिवन बीमा शून्य दशमलव ८२ र व्यापार समूह शून्य दशमलव ७९ प्रतशतिले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ३९, वित्त एक दशमलव ०७, होटल तथा पर्यटन शून्य दशमलव ०१, जलविद्यु्त शून्य दशमलव ४८ र लगानी समूह शून्य दशमलव ४७ प्रतिशतले घटेको हो ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक र रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३५ करोड ३० लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ६ लाख ३४ हजार ६२० कित्ता शेयर किनबेच भएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्