सेयर बजार ३०.७६ अंकले उकालो, १८ अर्ब ५२ करोड बराबरको कारोबार


काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३० दशमलव ७६ अङ्कले बढ्दै ३,००२ दशमलव ०७ विन्दुमा पुगेको छ । यो वृद्धि एक दशमलव ०३ प्रतिशत हो ।
आज ३२१ कम्पनीका चार करोड १८ लाख आठ हजार ९६६ कित्ता शेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री भएका छन् । यस अवधिमा कूल १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका समूहहरूमध्ये विकास बैंक, वित्त र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचकमा वृद्धि देखिएको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड र नेडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ, जसको शेयर मूल्य ८ दशमलव ६० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी लिमिटेड अग्रस्थानमा रहेको छ । यसको कूल कारोबार रकम ६४ करोड ४१ लाख ३८ हजार रुपैयाँ रहेको छ । शेयर संख्या अनुसार सबैभन्दा धेरै किनबेच प्रभु बैंक लिमिटेडको भएको छ, जसमा १८ लाख ५८ हजार २ सय २३ कित्ता शेयर किनबेच भएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन