सेयर बजार २६ अंक बढेर २ हजार विन्दुमाथि, विकास बैंकको सेयर मूल्यमा उच्च वृद्धि


काठमाडौं– साताको तेस्रो कारोबारमा सेयर बजार परिसूचक २६ अंकले बढेको छ । आज बजार परिसूचक २५.९३ अंक बढेर २००६.२८ विन्दुमा उक्लिएको हो ।
बजारसँगै कारोबार पनि उल्लेख्य बढोत्तरी भएको छ । अघिल्लो कारोबारमा २ अर्ब ६८ करोडको सेयर खरिद बिक्री भएको बजारमा आज ४ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
१ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ७५ हजार २७१ पटकमा खरिद बिक्री भएको छ । २६ अंकले बढेको बजार बढ्दा २१५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घटेको छ । कर्पोरेट विकास बैंक र इन्फिनिटी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बजार बढ्दा पनि फाइनान्स समूहको सेयर मूल्यमा भने गिरावट आएको छ । फाइनान्स समूह १.१८ प्रतिशतले घटेको छ । बाँकी समूहगत सूचक भने बढेका छन् । आज सबैभन्दा धेरै विकास बैक समूहको सेयर मूल्य बढेको छ । विकास बैंक समूह ४.९० प्रतिशतले बढेको छ । शाइन रेसुंगा विकास बैंकको सबैभन्दा धेरै १८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार धेरै हुने ५ कम्पनीमध्ये ३ वटा भने फाइनान्स छन ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता