पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो

काठमाडौं : सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यस अघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ ।
न्यायधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले यस अघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको छ ।
पाथिभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको थियो ।
त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो ।
दुई पक्षको छलफलपछि डा नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने बताएको हो ।
यो आदेश सँगै अब केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । आइएमई ग्रुपको लगानीमा पाथिभरामा केवलकार निर्माणको काम अघि बढेको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी