लिङ्देनलाई कांग्रेसले भन्यो : भाटभटेनीबाट कुन सहमहामन्त्रीको कुन छोराले रक्सी बोकेर हिँडेको हो प्रमाणित गर्नु


काठमाडौं: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्ष्य गर्दै नेपाली कांग्रेसले भाटभटेनीबाट कुन सहमहामन्त्रीको कुन छोराले रक्सीको बोत्तल बोकेर हिँडेको हो प्रमाणित गर्न माग गरेको छ । आईतबारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उक्त कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके क्षमायाचना गर्न माग गरेका हुन् ।
वैशाख १२ गतेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले चैत १५ गतेको घटना भन्दै कांग्रेसका सहमहामन्त्रीको छोरा भाटभटेनीको सामान लुटपाटमा संलग्न रहेको, प्रहरीले पक्राउ गरे पनि छाडेको अभिव्यक्ति दिएका थिए ।
‘कांग्रेसमा आठ जना सहमहामन्त्री हुनुहुन्छ, कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीबो बोत्तल बोहेर हिँड्नुभयो प्रमाणित गर्नुस्, उनले भने, होइन भने क्षमायाचना गर्नुस् । संसदको रेकर्डबाट पनि यो कुरा हटाइयोस्,’ उनले भने ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन