तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा आवेदन खुल्यो


काठमाडौं: तेह्रथुम पावर कम्पनीको शत प्रतिशत हकप्रद सेयरमा आवेदन खुलेको छ । जेठ ४ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले कुल ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा नविल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ । आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ ।
हकप्रद सेयर निष्कासन गरेको यो कम्पनीले गत चैत मसान्तसम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३६ पैसा छ । बजार मूल्य प्रतिकित्ता ४१० रुपैयाँ हाराहारीमा छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता