नेपालमा जलविद्युत्, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी गर्न श्रीलंकाली निजी क्षेत्रलाई चेम्बर अध्यक्षको आग्रह


काठमाडौं: नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलंकाका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् ।
श्रीलंका भ्रमण क्रममा अध्यक्ष अग्रवालले जलविद्युत्, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।
श्रीलंकाको कोलम्बोस्थित नेपाली दूतावासले आयोजना गरेको नेपाल–श्रीलंका व्यापार एवं व्यवसाय सम्मेलन क्रममा अध्यक्ष अग्रवालले नेपाल लगानीका लागि अधिक सम्भावना र सुरक्षित प्रतिफलका लागि पनि उत्कृष्ट गन्तव्य रहेकोमा जोड दिए ।
नेसनल चेम्बर अफ कमर्स श्रीलंकाका पदाधिकारीसँगको भेटमा अध्यक्ष अग्रवालले नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्ने वातावरण निर्माण भइसकेको भन्दै वर्तमान आर्थिक नीतिगत व्यवस्थाले विदेशी लगानीकर्तामा उत्साह बढाएको उल्लेख गरे ।
नेपालमा लगानीका क्षेत्रबारे श्रीलंकाका व्यवसायीलाई जानकारी दिँदै अग्रवालले दुई देशको निजी क्षेत्रबीच ठोस रणनीतिक योजना सहित संयुक्त लगानी एवं व्यापार सहजीकरणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । यसका लागि दुई पक्षीय भ्रमणलाई निरन्तरता दिनुपर्ने अग्रवालको भनाइ छ ।
कार्यक्रममा दुई मुलुकबीचको व्यापारिक अवसर, लगानीका चुनौती नीति तथा कानुनी संरचना लगायत विषयमा विस्तृत छलफल भएको थियो । नेपालमा लगानीका लागि श्रीलंकाली निजी क्षेत्र सकारात्मक देखिएको अध्यक्ष अग्रवालले बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता