मौलाकालीमा ‘इला होटल तथा रिसोर्ट’ सञ्चालनमा


काठमाडौं: आईएमई ग्रुपको लगानीमा ‘इला होटल तथा रिसोर्ट’ सञ्चालनमा आएको छ । नवलपुर गैंडाकोट नगरपालिका–१ मौलाकालीमा निमार्ण भएको उक्त रिसोर्ट’ सोमबारदेखि सञ्चालनमा आएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको उद्घाटन गरे । कार्यक्रममा पाण्डेले संस्कृति, विकास र साझेदारीको नमुनाका रूपमा मौलाकाली केबुलकार विकास भएको बताए ।
उनले संस्कृति, पर्यटन तथा हवाई नीति छिट्टै परिमार्जन गर्ने बताए । यो क्षेत्रको विकासमा देखिएका नीतिगत समस्या सम्बोधन हुने विश्वास उनको छ ।
इला होटल सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष तथा मौलाकाली केबुलकार लिमिटेड अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई ग्रुपले मुलुकमा पर्यटन पूर्वाधार विकासमा लगानी गरेको उल्लेख गर्दै उपयुक्त वातावरण पाए थप लगानी गर्ने बताए ।
‘उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो । निजी क्षेत्रको यो आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहले प्रतिष्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।
गैंडाकोटका मेयर मदनभक्त अधिकारीले गंैडाकोटमा ठुल्ठूला पर्यटन पूर्वाधार बनेकोमा खुसी व्यक्त गर्दै निजी क्षेत्रलाई लगानी प्रोत्साहन गर्न आफूहरू तयार रहेको बताए ।
पूर्वमेयर छत्रराज पौडेलले पर्यटन पूर्वाधार विकासले स्थानीय स्तरमा आर्थिक गतिविधि बढेको बताए ।
मौलाकाली केबुलकारको माथिल्लो स्टेसनमा रहेको इला होटलमा सुइट तथा डिलक्स सहित ६५ कोठा, १ हजार क्षमताको ब्यांक्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र जिम लगायत सुविधा उपलब्ध छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता