बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा

-lg-1750653475-lg-1755833466.jpg)
काठमाडौँ: जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेसँगै देशभर वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ, जसका कारण दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । यस क्रममा देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा र गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रसँगै लुम्बिनी र कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले वर्षासँगै पहिरो र डेब्रिज फ्लोको जोखिम रहने, ठूला तथा साना नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायात अवरुद्ध हुनसक्ने भएकाले सतर्क रहन र पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना