‘गणतन्त्रमाथि आक्रमण गर्न खोजिएकाले यसको संरक्षण पत्रकारिता क्षेत्र गर्नुपर्छ’

-lg-1743331887.jpg)
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्न खोजिएको भन्दै यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले पछिल्लो समय विभिन्न शक्तिले गणतन्त्रमाथि आक्रमण गर्न खोजिरहेका भन्दै यसको जगेर्नाका लागि पत्रकारिता क्षेत्र निरन्तर पहलकदमी गर्दै अग्रपङ्क्तिमा लाग्नुपर्ने बताए ।
“गणतन्त्रको जगेर्ना र जनतामा सत्यतथ्य सूचना पु-याउनका लागि पत्रकार मित्रहरू र रिपोर्टस क्बलको महत्त्वपूर्ण भूमिका रहेको छ”, मन्त्री खड्काले भने, । लोकतान्त्रिक अभियानलाई बलियो बनाउन र मुलुकमा सुशासन कायम गर्न रिपोर्टर्स क्बलले समन्वयात्मक र सहकार्यमूलक भूमिका निर्वाह गरेको मन्त्री खड्काको भनाइ छ ।
उर्जामन्त्री खड्काले जनताका आवाजलाई माथिल्लो निकायसम्म पु-याउन रिपोर्टर्स क्लबले खेलेको भूमिका सराहनीय रहेको बताए । “हामीले सुन्छौँ पत्रकारिताका नाममा भएका विकृतिहरूले समाजलाई सही दिशामा लगेको देखिँदैन । समाजलाई सही समयमा सही जानकारी दिन सत्यतथ्य र यथार्थपरक सूचना सम्प्रेषण गर्नुपर्छ”, उनले भने, ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्